बाग्लुङ । जैमिनी नगरपालिकाले मासु उत्पादनको लागि पाडा वितरण कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरपालिकाले आइतबार एक सूचना प्रकासित गर्दै पाडा वितरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बफेल वा काफ होस्टेल कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
सो कार्यक्रमको लागि नगरपालिकाले १९ लाख ७० हजार रुपैयाँ रकम अनुदान दिने जनाएको छ । सोबाट एउटा बफेली वा काफ होस्टेल सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।