रोल्पा । लुङ्ग्री गाउँपालिकाले स्थानीय विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै फागुन १ गते स्थानीय विदा दिएको जनाएको हो ।
गाउँपालिकाको अनुसार माघ २९ गते बसेको कार्यपालिका बैठकले स्थानीय विदा दिने निर्णय गरेको हो । बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिने निर्णय गरिएको जनाएको छ ।
सो दिन पालिकाअन्तर्गतका वडा कार्यालय र कार्यालयहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाले बताए ।