धादिङ । खनियाबास गाउँपालिकामा आइतबार शोक विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार शोक विदा दिएको जनाएको हो ।
गाउँपालिकाको अनुसार वडा नम्बर ५ को वडा कार्यालयमा कार्यरत प्रशासन सहायक छल बहादुर तामाङको मृत्यु भएकोले शोक विदा दिएको हो । मृतक व्यक्तिलाई भावपूर्ण श्रद्धाञ्जली दिँदै शोक विदा दिएको गाउँपालिकाले जनाएको छ ।
सूचना अनुसार आज पालिकाअन्तर्गतका कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द रहने छ ।