भोजपुर। रामप्रसादराई गाउँपालिकाले वडा वडामा पुगेर सेवा दिने कामलाई निरन्तरता दिएको छ।
पालिकाले शुक्रबार वडा नं ४ मा पुगेर सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ । शिविरमा ज्येष्ठ नागरिक तथा अपांग व्यक्तिले तीन महिना भत्ता भुक्तान गरेका छन्।
गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईले वडा वडामा पुगेर सामाजिक सुरक्षा वितरण गर्दै आएका छन्। यसअघि उनले बुधबार वडा नं ८ मा पुगेर त्यहाँका स्थानियलाई भत्ता वितरण गरेका थिए।
वडाबाट गाउँपालिका केन्द्र पुग्न दुईतीन दिन हिड्नुपर्ने स्थानियको बाध्यताको अन्त्य गर्दैै पालिकाले वडावडामा पुगेर भत्ता वितरण गरेको हो ।