दाङ । राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने कर्मचारीलाई फूलको गुच्छासहित सम्मान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाको सेवा विस्तारलाई छिटो छरितो गर्नको लागि कर्मचारीलाई सम्मान अभियान सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले १० नबज्दै कार्यालय पुग्ने कर्मचारीलाई फूलका गुच्छा दिँदै सम्मान गरिएको जनाएको छ । उनका अनुसार कर्मचारीलाई सम्मान गरेसँगै प्रोत्साहन हुने उनको विश्वास छ । साथै सेवा प्रवाहमा सुधार आउने विश्वास उनको छ ।
हाल गाउँपालिकामा ६० जना कर्मचारी कार्यरत छन् ।