close

प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि दुना टपरी बनाउने तालिम

प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि दुना टपरी बनाउने तालिम

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको छ । उपमहानगरपालिकाले स्थानीय महिलालाई आय आर्जनमा सहभागी गराउनका लागि सालको पातबाट दुना टपरी बनाउने तालिम सञ्चालन गरेको हो । 

उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत व्यावसायिक दुना टपरी तालिम सञ्चालन गरिएको नगरप्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ७ का महिलालाई माघ ११ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन गरिएको हो । 

उपमहानगरपालिकामा प्लाष्टिकमुक्त धनगढी निर्माण गर्नको लागि सो तालिम सञ्चालन गरिएको छ । तालिम सञ्चालन भएसँगै प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा कमी आउने विश्वासको उनको छ ।