कैलाली । धनगढी उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई सहायक स्वास्थ्य सामग्री जाँच शिविर सञ्चालन गरेको छ । मंगलबार एक कार्यक्रमको समारोहमा उपमहानगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन गरेको हो ।
शिविरमार्फत वडा नमब्र १४, १८ र १९ का ४२ जना व्यक्तिले सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । अशक्त व्यक्तिहरुको दैनिकचर्यामा सहज बनाउनका लागि सो शिविर सञ्चालन गरेको उपमहानगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
उनका अनुसार शारिरिक अपाङ्गता प्राविधिकले सबै सेवाग्राहिको जांच गरि सहायक सामग्री वितरण गरेको छ । कार्यक्रमबाट बैशाखी ६ जोर, एल्बो कच ५ थान, ह्यान्ड स्पिलिंट ५ थान, वाकिंग स्टिक ५ थान र वाकर १ थान वितरण गरिएको उनले बताए । सो शिविर पालिकाको अन्य वडामा सञ्चालन गरिने उनले सुनाए ।