कपिलवस्तु् । शिवराज नगरपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ३ का स्थानीयलाई न्यानो कपडा वितरण गरेको हो ।
नगरपालिकाको अनुसार ८० वर्षभन्दा माथिका ८० जना स्थानीयलाई न्यानो कपडा वितरण गरेको हो । पछिल्लो समय तराई क्षेत्रमा बाक्लो कुहिरो, हुस्सु र शीतलहरका कारण जेष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेकोले कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
जेष्ठ नागरिकलाई चिसोले बचाउन र रोगबाट बचाउनको लागि आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत सो कपडा वितरण गरिएको हो ।