close

बुटवल उपमहानगरकाे १२औं नगरसभा सुरु

बुटवल उपमहानगरकाे १२औं नगरसभा सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । बिहिबार दिउँसो ३ बजेदेखि उपमहानगरपालिकाको हलमा १२ औ अधिबेशन सुरु भएको हो । 

 नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले  नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिएको विश्वास व्यक्त गरे ।  

उनले भने, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’ 

चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको ३५ बुँदे सम्बोधन गर्दै उनले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताए । उनले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताए । 

नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताए । 

नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताए । उनले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताए । 

बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उनले सुनाए।

नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धि ऐन पहिलो संसोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गर्नुभयो । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ । 
 

नगरसभाकाे उपलब्धि तथा प्रयासहरु 
१  चालु आर्थिक वर्षका लागि तय गरिएका योजनाहरु समयमै सम्पन्न गर्नका लागि नियमित रुपमा बैठक तथा कार्यादेश भइरहेको छ । 
२    बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि टेण्डर आह्वान गरि सम्झौता भइसकेको छ । 
३    उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ । 
४    संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति तथा क्षमता वृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ । 
५   बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ । 
६   बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । 
७    लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भएको छ ।
८    नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने कार्यका साथै कित्ताकाट खुला गर्ने काम भएको छ ।  
९    लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 
१०  उपमहानगर क्षेत्रभित्र सडक तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा रहेका ठेला व्यवसाय र अन्य व्यवसाय तथा सामग्री हटाई व्यवस्थित गर्ने कार्य अगाडि बढेको छ । 
११   बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सालाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ । 
१२  सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ । 
१३    नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ । 
१४    तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको छ । 
१५    ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रलाई गएको वर्षायाममा जोखिममुक्त बनाउने काम सफल भएको छ । साथै, आगामी वर्षायाममा जोखिम न्यूनीकरण गर्न बजेट व्यवस्थापन गरिसकिएकोले छिटै टेण्डर प्रक्रियामा जाने तयारी रहेको छ ।