close

चन्द्रागिरिका नगरबासीलाई रगत निशुल्क

चन्द्रागिरिका नगरबासीलाई रगत निशुल्क

Trulli
ADVERTISEMENT

काठमाडाैं। चन्द्रागिरी नगरपालिकाले नगरबासीहरुर्ला निशुल्क रगत उपलब्ध गराउने भएको छ। 

बिहिबार चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका बीच १२ बुदे सम्झौता पत्र हस्ताक्षर भएको छ । सम्झौता पत्र अनुसार यहि माघ १ गते  देखि आवश्यकता परेको अवस्थामा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दाहरुको लागि नेपाल रेडक्रसले निशुल्क रगत उपलब्ध गराउनेछ । 

नगरबासीलाई आवश्यक पर्दा सरल, सहज र निशुल्क रगत उपलब्ध गराउन यस सम्झौताले सहजीकरण गर्ने कुरा  नगर प्रमुख घनश्याम गिरीले बताएका छन्। नेपाल रेडक्रससँगको सहकार्यमा नगरभरि कुनै पनि संघ, संस्था र निकायले रक्तदान कार्यक्रम गर्दा प्रत्येक रक्तदाताले २०० रुपैयाँ पाउने उनले बताए।