भक्तपुर । भक्तपुर नगरपालिकाले वडागत नर्सहरुसँग छलफल गरेको छ । सोमबार नगरपालिकाले कार्यपालिका भवनमा नगरभित्रका वडाका नर्सहरुसँग छलफल गरेको हो ।
छलफलमा नगरप्रमुख सुनील प्रजापतिले सामाजिक कार्यकर्ताको रुपमा समाजमा सहयोगी र असल व्यवहारबाट काम गर्न प्रेरित गरे ।
भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गर्नुको उद्देश्यहरुमाथि प्रष्ट पार्दै उनले घरदैलो नर्सिङ सेवाबाट बटुलेको अनुभव लिपिबद्ध गर्न सके समाजको अवस्था चित्रण गर्न सहज हुने विषयमा स्वास्थ्यकर्मीहरुलाई उत्साहित बनाउने बताए ।
भक्तपुर नगरपालिकाको कामको मूल्यांकन देश विदेशबाट भइरहेको हुँदा अझ सचेत र सशक्त ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ख्वप अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतिले घरदैलो नर्सहरुबाट भइरहेको तथ्यांक संकलनलाई अझ व्यवस्थित गर्नुपर्ने बताए ।
उक्त बैठकमा ख्वप अस्पतालका घरदैलो वडा नर्सहरुले मंसिरको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।