काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार पाँच सय विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्न लागेको हो ।
नगरप्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताए । उनले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आन्तरिक स्रोतबाट सात करोड रुपैयाँ वजेट विनियोजन गरेको बताए ।
उनका अनुुसार पालिकाले शिक्षाको सुधारको लागि नगरभित्रका शिक्षकलाई तालिम समेत प्रदान गर्दै आएको छ ।