सुनसरी । धरान उपमहानगरपालिकाले दमकलको नम्बर कायम गरेको छ । पालिकाको स्थानीय बासिन्दाको लागि मध्येनजर गरी दुई वटा सम्पर्क नम्बर कायम गरेको हो ।
दमकल सेवाको लागि फोन नं. ०२५५७०१९९, मोबाईल नं. ९८४२०३८२९९ कायम गरिएको पालिकाले जनाएको छ । आगलागीको क्षति कम गर्न धरान उपमहानगरपालिकाद्धारा सो नम्बर राखिएको हो ।
आगलागी भएमा दमकलको सेवाको लागि सोही नम्बरमा सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ ।