ललितपुर । गोदावरी नगरपालिकाले विद्युतीय प्रणालीमार्फत भौतिक संरचना पास गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै प्रविधि मैत्रीमार्फत भौतिक संरचना पास गर्ने जनाएको छ ।
सूचना अनुसार आगामी पुस १ गतेदेखि सो सेवा दिने छ ।
पालिकाभित्र निर्माण भएका भौतिक संरचनाको घर नक्सा प्रणालीलाई व्यवस्थित र प्रविधि मैत्री बनाउनका लागि विद्युतीय प्रणालीमार्फत नक्सा पास गर्न लागेको नगरपालिकाले जनाएको छ ।