काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले भोलि मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवश्यक कागजात संकलन गरिने पालिकाले जनाएको छ ।
पालिका क्षेत्रभित्र अस्थायी वा स्थायी रुपमा बस्दै आएका व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित वडा कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ । सार्वजनिक विदा बाहेक कार्यालय समयमा विवरण संकलन हुने पालिकाले जनाएको छ ।