मकवानपुर । बकैया गाउँपालिकामा डिजिटल कृषि सूचना तथा परामर्श केन्द्र स्थापना गरेको छ ।
गाउँपालिकालाई कषि सूचना तथा परामर्श सेवा प्रवाह गराउनका लागि पालिकाले सो केन्द्र स्थापना गरेको हो । सो केन्द्रमार्फत् कृषिलाई प्रविधिमा जोड्न सहयोग पुग्ने विश्वास पालिकाले लिएको छ ।
सो सम्बन्धमा सम्पुर्ण कृषकहरुले जियो कृषि एप डाउनलोड गरी कृषकहरुको विवरण अनिवार्य प्रविष्ट गर्न सकिने पालिकाले जनाएको छ । जियो कृषि मोबाईल एप स्थानीय बासिन्दाले प्रयोग गर्न सक्ने पालिकाले बताएको छ ।