काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले मंगलबार शोक विदा दिएको छ । नगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै शोक विदा दिएको हो ।
नगरपालिकाका निर्वतमान न्यायिक समितिका सदस्य तथा निर्वतमान प्रवक्ता राजाराम पुडासैनीको निधनमा शोक विदा दिएको सो सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाको अनुसार उनी २०५४ का तत्कालीन डाँछी गाविसका अध्यक्ष तथा गाविस महासंघ नेपालका काठमाडों जिल्ला सचिव समेत हुन् ।
गत मंसिर चार गते उनको निधन भएको हो । सूचनाअनुसार नगरपालिकामातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय विदा हुने छ ।