काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । सवारी साधनको चाप धेरै भएका समयमा नगर प्रहरी खटाइएको हो ।
काठमाडौं नगर प्रहरी बलका अनुसार हरेक दिन विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरीले ट्राफिक व्यवस्थापनको लागि खटिने छन् ।
बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगर प्रहरी परिचालन भएका छन् ।