close

निर्वाचनले हुप्सेकोटको सेवा एक साता प्रभावित हुने

निर्वाचनले हुप्सेकोटको सेवा एक साता प्रभावित हुने

Trulli
ADVERTISEMENT

नवलपरासी । हुप्सेकोट गाउँपालिकामा आगामी एक सातासम्म सेवा प्रभावित हुने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि करिब एक साता सेवा प्रभावित हुने जनाएको छ । 

सूचना अनुसार कातिक २९ गतेदेखि मंसिर ५ गतेसम्म पालिकाको सेवा प्रभावित हुने भएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि पालिकामा कार्यरत कर्मचारी मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालमा खटाइने गाउँपालिकाले जनाएको छ । 

कर्मचारीलाई निर्वाचन केन्द्रमा खटाइने भएकोले पालिकाको सेवा प्रभावित भएको सो सूचनामा उल्लेख गरिएको छ ।