भक्तपुर । सूर्यविनायक नगरपालिकाले सामाजिक सुरक्षाभत्ताका लाभग्राहीलाइ नविकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकी रहेका स्थानीयलाई कातिक मसान्तभित्र परिचयपत्र नविकरण गर्न अनुरोध गरेको हो ।
तोकिएको समय भित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण नभएमा उक्त लाभग्राहीको नाम प्रणालीबाट हट्ने पालिकाले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नयाँ लाभग्राहीले निवेदन दिएको अर्को महिना देखि मात्र भत्ता पाउने भएकोले नामावलीमा सूचिकृत गर्न सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ । आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरौं ।