मोरङ । पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ ।
सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेविजमुक्त नगरपालिकाका लागि पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागेको हो ।
पशुपक्षी शाखाको आयोजनामा आगामी १८ गतेदेखि २० गतेसम्म सो कार्यक्रम सञ्चालन गरिने पालिकाले जनाएको छ ।
सो कार्यक्रम सञ्चालनका लागि टोलटोलमा कुकुर संकलन गरिने भएकाले आवश्यक सहयोग गर्न पालिकाले अनुरोध गरेको छ ।
कुकुर संकलनका लागि ब्यानरसहितको गाडी टोल टोलमा जाने पशुपक्षी शाखाले जनाएको छ ।