रुकुम । आठविसकोट नगरपालिकाले शिविर सञ्चालन गरेर पालिकावासीलाई सेवा प्रदान गर्ने भएको छ ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, पञ्जीकरण,योजना सम्झौता र अपाङ्गता परिचय-पत्र वितरणलगायत सेवा दिने भएको हो ।
बृद्धाअवस्था, अशक्तताका कारण सेवा लिनका लागि नगरपालिकाको कार्यालयसम्म पुग्ने नसक्नेका लागि वडा–वडामा पुगेरमार्फत सेवा दिन लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार शिविर यही कातिक १८ गते १४ नम्बर वडा कार्यालयमा, कातिक २९ गते ६ नम्बर वडा कार्यालयमा, कातिक २१ गते ४ नम्बर वडा कार्यालयमा, कातिक २३ गते २ नम्बर वडा कार्यालयमा र कातिक २४ गते ३ नम्बर वडा कार्यालयमा सञ्चालन हुने तालिका छ ।