काठमाडौं । गोलबजार नगरपालिकाले सार्वजनिक सुनुवाइ हुने मिति सच्याएको छ ।
यसअघि नगरले यही असोज विभिन्न वडामा २५, २६, २७ गते हुने कार्यक्रम तय भएको छ ।
‘गोलबजार नगरपालिकाको कार्यालय गोलबजार सिरहाको मिति २०७९।०६।११ गतेको नदीजन्य पदार्थ उत्खनन् तथा सङ्कलन कार्यको प्रारम्भिक वातावरणीय अध्ययन कार्यसम्बन्धी सुनुवाइको सूचनामा सार्वजनिक सुनुवाइ हुने स्थान र मिति वडा नं. ७ कार्यालयमा मिति २०७९।०६।२५ गते , वडा नं. २ कार्यालयमा मिति २०७९।०६।२६ गते , वडा नं. ९ कार्यालयमा मिति २०७९।०६।२७ गते हुनुपर्नेमा अन्यथा भएकोले मिति सच्याइएको व्यहोरा जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।
सार्वजनिक सुनुवाइ सुशासनको एक आधार हो ।