काठमाडौं । देवचुली नगरपालिकाले उन्नत जातको गहुँकाे बिउ लिनका लागि कृषकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गरी कृषकहरूलाई आवश्यक कागजातसहित गहुँकाे बिउ लिन उपस्थितिका लागि अनुरोध गरेको हो ।
‘देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/८०को वार्षिक कार्यक्रम अनुसार देवचुली नगरपालिकामा उन्नत गहुँको बिउमा अनुदान कार्यक्रममा सहभागिताका लागि इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूबाट सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र २०७९/०६/१३ गतेसम्म देवचुली नगरपालिका कृषि विकास शाखा वा वडा कार्यालयमा निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।