काठमाडौं । सुनसरीको इनरुवा नगरपालिकाले सडक पेटी व्यवस्थित गर्नका लागि ३५ दिने सूचना जारी गरेको छ ।
इनरुवा नगरपालिका क्षेत्रभित्रका सडक पेटीमा अनधिकृत रूपले बनाइएका संरचना हटाउन र सडक पेटी खाली गर्न नगरपालिकाले सो सूचना जारी गरेको हो ।
‘सडकपेटीमा थुपारिएका निर्माणलगायत व्यापारिक सामग्री यथाशीघ्र हटाई सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।
सूचनालाई बेवास्था गरेमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने नगरले चेतावनीसमेत दिएको छ ।