काठमाडौं । पोखरा महानगरपालिकाले पोखराको गहनाका रूपमा रहेका सिर्जनात्मक कला र कलाकारिता सम्बन्धी गतिविधि तथा बाचनालयको दिगो व्यवस्थापन गर्ने बताएको छ ।
महानगरले आज एक विज्ञप्ति जारी गरी सो बताएको हो ।
सिर्जनात्मक कला र कलाकारिता सम्बन्धी गतिविधि तथा बाचनालयलगायत वस्तुलाई संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ ।
जारी सूचनामा उल्लेख छ, ‘एक वर्षभित्रमा निर्माण सम्पन्न गरी सोही स्थानमा यी सबै गतिविधिहरूको व्यवस्थापन गर्ने तयारी गरिएको छ । हाल ती भवनमा रहेका कुनै पनि सामाग्रीहरूमा क्षति नपुरार्याएको र ती सबैलाई सुरक्षित साथ स्थानान्तरण गरिनेछ ।’
कला र संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको महानगरको भनाइ छ ।