मुगु। छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पदभार गरेको १०० दिनको कार्य सार्वजनिक गरेको छ ।
नगरप्रमुख भामसहित नगरपालिकाभित्रका जनप्रतिनिधिले १०० दिन कार्य तथा योजना सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो १०० दिनमा बजारको फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य खानेपानीलगायत विषयमा काम गर्दै आएको बताए । फोहोर व्यवस्थापन गर्नका लागि बजारमा डस्टविन व्यवस्थापन र बियर तथा सिसा संकलन गरिएको उनले बताए ।
भामको नेतृत्वमा नक्सा पास कार्यविधि निर्माण, पशुपालन कार्यविधि निर्माण र बसपार्क व्यवस्थापनका लागि सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
नगरपालिकाभित्र विपत व्यवस्थापनका लागि विपत् व्यवस्थापन केन्द्र स्थापना गरिएको उनले बताए । पालिकाले १०० दिनमा बसपार्क व्यवस्थापनका लागि सार्वजनिक शौचालय निर्माण गरेको छ ।