काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले अनुदानमा पशु विमा गराउने भएको छ । सोमबार सूचना जारी गरी नगरपालिकाले जानकारी दिएको हो ।
कृषकले पालिरहेका बाख्रा, गाईं, भैंसी र बंगुरको पशु बिमामा अनुदान दिने निर्णय गरेको सो सूचनामा उल्लेख छ ।
अनुदानका लागि नागरिकताको प्रतिलिपि, बाख्रा, गाई, भैंसि र बंगुरको पशु बिमा गरेको कागजात र वडा कार्यालयको सिफारिसहित नगरपालिकाको पशु विभागमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।