close

सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

Trulli
ADVERTISEMENT

काठमाडौं । नर्भीक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन दिएको सर्वोच्चको अन्तरिम आदेशप्रति काठमाडौं महानगरका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । 

बुधबार सर्वोच्चले अस्पताललले सरकारी भवनमा बनाएका भवन तत्काल नभत्काउन र दुवै पक्षलाई सोमबार अदालतमा उपस्थित हुन अन्तरिम आदेश दिएपछि सोप्रति साहले असन्तुष्टि जनाएका हुन् । 

अदातलको यो आदेश आए लगत्तै बालेनले फेसबुकमा लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’