काठमाडौं । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पालिकाले व्यास नगरमा आदिवासी जनजाति दिवसका दिन सार्वजनिक हुने भएको हो ।
उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ ।