close

सामाजिक सुरक्षा भत्तामाथि दशैं बोनस !

सामाजिक सुरक्षा भत्तामाथि दशैं बोनस !

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । सोताङ गाउँपालिकाले सामाजिक सुरक्षा पाइरहेकाहरूलाई बोनसस्वरुप थप रकम दिने भएको छ ।

स्थानीय सरकारको तर्फबाट सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरूलाई दशैं भत्ता दिने निर्णय गाउँपालिकाले गरेको हो । 

‘यस वर्षको नीति तथा कार्यक्रममा प्रतिवर्ष ३ हजार रुपैयाँ थप भत्ता दशैँको अवसर पारेर दिने निर्णय गरिएको हो ।’ पालिका अध्यक्ष खिलराज बस्नेतले पालिका खबरलाई भने । 

साथै सत्तरी वर्षमाथिका दीर्घरोगीलाई गाउँपालिकाले औषधि घरघरमै उपलब्ध गराउनेसमेत जनाएको छ । ‘हाल उहाँहरूले कुन कम्पनिको कतिमात्रा औषधि सेवन गरिरहनु भएको छ भन्ने डाटा सङ्कलन सुरु गरिएको छ ।’ गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार उक्त तथ्यांकका आधारमा घरघरमै औषधि पुर्‍याइदिने योजना छ ।