काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने वृद्धवृद्धा र पूर्ण असक्तहरूलाई घरघरमै समाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ ।
नगरपालिकाका प्रमुख कुनसाङ लामा वडा नम्बर १ पुगेर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेका हुन् । उनले नगरपालिकाको निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा जनाएको प्रतिबद्धता अनुसार सामाजिक सुरक्षाभत्ता वितरण गरेको बताए ।
पूर्ण अशक्त, बैकिङ सेवासम्म पुग्न नसक्नेहरूलाई लक्षित गरेर वडास्तरमा नै घुम्ती बैकिङ सेवा मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको र सबै वडामा वितरण गरिने बताए ।