नवलपरासी । सुस्ता गाउँपालिकाका १० जना अपांगता भएकाहरूलाई आज एक कार्यक्रमका बीच ट्राइसाइकल वितरण गरिएको छ ।
गाउँपालिकाको २ लाख लागत तथा एबीसी नेपालको प्राविधिक सहयोगमा लैंगिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको सुस्ता गाउँपालिकाका सूचना अधिकारी दिपेन्द्रकुमार कुर्मीले पालिका खबरलाई बताए ।
सूचना अधिकारी कुर्मीका अनुसार गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्ययले उनीहरूको दैनिकीमा सहजता मिलोस् भन्दै वितरण गरेका हुन् ।