जुम्ला । सिंजा गाउँपालिका-२ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । उनीहरूलाई छाता र टर्च उपलव्ध गरेर सम्मान गरिएको हो ।
वर्षायामको समयमा पानी पर्ने भएकाले ओत लाग्ने सहज होस् भनेर उनीहरूलाई छाता र राति अध्यारोमा उज्यालो गर्न सहज होस भनेर टर्च वितरण गरिएको वडाध्यक्ष तिर्थ तिरुवाले बताए ।
'जेष्ठ नागरिकहरू पशुचौपायहरू चराउन वन पाखामा जान्छ । पानी परिरहेको हुन्छ । ओत लाग्ने ठाउँ नपाएर समस्यामा पर्छन् । यस्तै समस्यालाई मध्यनगर गर्दै छाता र टर्च वितरण गरिएको हो ।' उनले पालिका खबरसँग भने ।
सिंजा गाउँपालिका –२ वडा कार्यालयको आयोजनामा ८१ जना जेष्ठ नागरिकलाई छाता र टर्च वितरण गरिएको हो ।