close

एकल महिला सञ्जाललाई कम्बल

एकल महिला सञ्जाललाई कम्बल

Trulli
ADVERTISEMENT

कञ्चनपुर–शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शाहले आज नगरस्तरीय मानव अधिकार एकल महिला सञ्जाललाई ६० थान कम्बल सहयोग गरेकी छन् । नगरपालिकाबाट पाइने पारिश्रमिक (भत्ता) बापतको रकम खर्चेर शाहले महिला सञ्जाललाई कम्बल सहयोग उपलब्ध गराएकी हुन् ।

 

‘सञ्जालमा आबद्ध आर्थिक रुपमा विपन्न एकल महिलालाई चिसोको बेला न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यले कम्बल उपलब्ध गराएका छौँ,’ उनले भने, ‘कार्यपालिकाबाट उपलब्ध हुने पारिश्रमिक (भत्ता) को रकम जम्मा गरी कम्बल खरिद गरी हस्तान्तरण गरेका छौँ ।’

 

 ६० हजार रुपैयाँ मूल्य बराबरको कम्बल खरिद गरिएको उनले बताइन् । खरिद गरिएको कम्बल सञ्जालका अध्यक्ष शान्ता धामीलाई नगरप्रमुख दिलबहादुर ऐर र कार्यपालिका सदस्य शाहले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । 

 

कार्यपालिका सदस्य शाहले सञ्जालको संस्थागत विकासका लागि रु पाँच हजार पाँच नगद रकमसमेत हस्तान्तरण गरेकी छन् । कार्यपालिका सदस्य शाहले गत वर्षसमेत पारिश्रमिक खर्चेर विपन्न ५० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेकी हुन् ।