close

१७ दलितलाई सहिदभूमिको सम्मान

१७ दलितलाई सहिदभूमिको सम्मान

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायका १७ जनालाई सम्मान गरेको छ । पालिकाको दलित एकता समाजले मंगलबार कार्यक्रम आयोजना गरेर ७ जनप्रतिनिधि र १० शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।

 


प्रदेश १ का सांसद निरन राई, गाउँपालिका अध्यक्ष मनोज राईले जनप्रतिनिधि तथा कर्मचारीलाई सम्मानपत्रसहित सम्मान गरे । समाजमा रहेको विभेद तथा छूवाछुत अन्त्यका लागि सचेतना कार्यक्रम आयोजनासँगै जनप्रतिनिधि तथा कर्मचारीलाई सम्मान गरिएको एकता समाजका उपाध्यक्ष तारा तिवारीले जानकारी दिइन् ।