close

निःशुल्क आँखा शिविर चलाउँदै फिदिम नगरपालिका

निःशुल्क आँखा शिविर चलाउँदै फिदिम नगरपालिका

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फिदिम नगरपालिकाले आगामी १५–१८ माघमा सदरमुकाम फिदिममा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।  फिदिम नगरपालिकाको ५ लाख ९८ हजार रुपैयाँ आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले शिविर सञ्चालन गर्न लागेको हो ।

 

शिविरलाई मेची आँखा अस्पताल झापाले प्राविधिक सहयोग गर्ने जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।  शिविरमा आँखासम्बन्धी सम्पूर्ण रोगको चेकजाँच, उपचार र मोतिया बिन्दु भएकाको शल्यक्रियासमेत गरिनेछ । शिविरमा विशेषज्ञसहितको नेत्र चिकित्सकले सेवा दिनेछन् ।