दाङ– राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु भएको छ । ६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुख सुख साट्ने चौतारीका रुपमा दिवा सेवा सुरु भएको पालिकाले जनाएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरीया र सिसहनियामा सञ्चालनमा ल्याईएको दिवा सेवाको उद्घाटन गर्दै जेष्ठ नागरिकलाई मनोरञ्जन गर्ने, केहि सिक्ने र धेरै सिकाउने तथा दैनिक जिवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने अपेक्षा लिएको बताए ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु चन्दर चौधरी, गोवर्धन रावत, बेद प्रसाद चौधरीले जेष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बनाईने बताए ।
दिवा सेवामा जेष्ठ नागरिकका लागि अध्यनका पाठ्यपुस्तक, मनोरन्जनका लागि बाद्य बादन सामाग्री र खाजाको रुपमा स्वास्थ्यवद्र्धक खाजाको ब्यवस्था गरिएको महिला विकास निरिक्षक जिवन जिसीले बताईन् ।
राप्तीले जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा, छोरी, बुहारी तथा अन्य सदस्यलाई नियमित रुपमा सम्मान गर्दै आएको छ ।