काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पीसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौं महानगरले घरधनीहरुलाई अपिल गरेको छ ।
महानगरको जनस्वास्थ्य महाशाखाले आज एक अपिल जारी गर्दै, कसैलाई पनि पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो ।
डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पीसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासो आएपछि नगरले यस्तो अपील गरेको हो ।
‘कोरोना भाइरसको प्रभाव देखिन कम्तीमा ५ दिन लाग्ने भएकोले अनुपयुक्त समयमा परीक्षण गर्नु र नगर्नुमा फरक हुँदैन । त्यसैले लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय हो,’ महानगरका निर्देशक कुँवरले भने ।