दार्चुला – लेकम गाउँपालिकाकाे न्यायिक समितिले ९ वटा मुद्दा दर्ता भएकाे छ । तीमध्ये ८ वटा मुद्दाको छिनोफानो भएकाे गाउँपालिकाले जनाएकाे छ ।
न्यायिक समितिमा एउटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक माधवी जोशीले बताए । उनका अनुसार समितिमा ज्याला मजदुरीका मुद्दाहरु बढी आउने गरेकाे छ । समितिमा घरेलु हिंसाका मुद्दा, गाउँघरमा भएका झैझगडाका मुद्दाहरु नआएकाे उनले पालिकाखबरलाई सुनाए ।
उनले समितिबारे स्थानीयलाई जनचेतना मुलक कार्यक्रम गर्ने योजना बनाएकाे बताइन् । कार्तिक महिनापछि साे कार्यक्रम सञ्चालन गर्ने उनकाे भनाइ छ । गाउँपालिकाले चालू आर्थिक वर्ष न्यायिक समिति व्यवस्थापनका लागि भनेर ५ लाख वजेट विनियोजन गरेको छ