close

बारले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने 

बारले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्ने जनाएको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग संवाद गर्नुको कुनै औचित्य नरहेको बताए ।

 

प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई संवादका लागि आह्वान गरेका थिए । सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेको बेला जबराले विज्ञप्तिमार्फत संवादमा आउन आह्वान गरेका थिए ।

 

बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न तयार नभएकाले राजीनामा दिएर निकास गर्नुपर्ने बताए । ‘हामी वार्तामा बस्दैनौं, ’ उनले भने, ‘तत्काल उनले राजीनामा दिनुपर्छ ।’