close

जोखिमपूर्ण बाम्तिभण्डार सडक

जोखिमपूर्ण बाम्तिभण्डार सडक

Trulli
ADVERTISEMENT

रामेछाप - यो दृश्य रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा न २ बाम्ती सडकखण्डको ठाडोखोला गोरुण्डा क्षेत्रको सडक हो । बर्खायाम सुरु हुने वित्तिकै यो सडक हिलाम्मै हुन्छ । सडक निर्माणका लागि पटक पटक गुनासो गरेपनि अवस्था उस्तै छ । यहिबाट लिखु हाइड्रोपावरका दैनिक ठूला साना सवारी चालक ज्यानकै जोखिम राखेर आवतजावत गर्न बाध्य छन् ।

सवारी चालक मात्रै नभई अन्य यात्रु तथा पैदलयात्रीसमेत सो सडकबाट आजित भएका छन् । बाइट चालक प्राविधिक दृष्टिकोणले ट्र्याक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी ट्र्याक खोल्ने गरेकोले दुर्घटना समेत बढेको छ । बढी मोड, ठाडो, उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना हुने स्थानीय बताउँछन् ।

सडकको स्तरोन्नतीका लागि लिखु हाइड्रोपावरलाई पटकपटक सुनुवाई गर्दा पनि कुनै सुनुवाई नभएको आरोप स्थानीयको छ । पालिका खबरको लागि सोलुखुम्बुबाट लागि सोलुखुम्बुबाट बिष्णु खड्काको रिपोर्ट