close

बागमती नगरपालिकाद्वारा पहरी नमुना बस्ती हस्तान्तरण, अनुदानमा कृषि सामग्री वितरण गर्दै चामे

बागमती नगरपालिकाद्वारा पहरी नमुना बस्ती हस्तान्तरण, अनुदानमा कृषि सामग्री वितरण गर्दै चामे

Trulli
ADVERTISEMENT

बागमती नगरपालिकाद्वारा पहरी नमुना बस्ती हस्तान्तरण

सर्लाहीको बागमती नगरपालिकाले सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका लोपोन्मुख पहरी जातिलाई नमुना पहरी बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ।  

रु एक करोड ५३ लाख लागतमा वडा नं ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए। खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै संविधानले तोकेको न्यूनमत मौलिक र नैसर्गिक अधिकारभित्रका आधारभूत आवश्यकता पूरा गरी नमुनाबस्ती निर्माण गरिएको छ।

अनुदानमा कृषि सामग्री वितरण गर्दै चामे

मनाङको चामे गाउँपालिकाले अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, आधुनिक मौरी घार र करु चुट्ने मेसिन वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् ।  कार्यक्रमको लागि गाउँपालिकाले ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

माईमा क्यान्टिन सञ्चालन गर्न आवेदन माग

इलामको माई नगरपालिकाले कार्यालयमा क्यान्टिन सञ्चालन गर्न आवेदन माग गरेको छ । नगर कार्यपालिकाका कर्मचारी तथा सेवाग्राहीहरुलाई खाजा तथा नास्ताको व्यवस्थापन गर्नको लागि क्यान्टिन सञ्चालन गर्न आवेदन माग गरिएको हो। 

क्यान्टिन सञ्चालन गर्न इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन्। आवेदकहरुमध्ये उपयुक्त व्यक्तिसँग आपसी समझदारी गरी क्यान्टिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

धान पकेट कार्यक्रम सञ्चालन गर्दै बसबरिया

सर्लाहीको बसबरिया गाउँपालिकाले धान पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमको पकेट विकास कार्यक्रम अन्तर्गत पालिकाभित्रका ६ वटै वडामा धान पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रममा सहभागि हुन इच्छुक व्यक्ति तथा कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । छनौट परेका कृषकले २० हेक्टर क्षेत्रफलमा धान बाली लगाउनु पर्ने गाउँपालिकाले जनाएको छ । 

मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्दै छत्रदेव

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साँझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

मासु पसलको वध स्थल तथा बिक्री कक्षमा सिसासहितको आल्मोनियम पार्टेसन र जाली लगाउने, मासु पसलको भुई तथा भित्तामा टायल र मार्बल लगाउने, डि–फ्रिजको व्यवस्थापन गर्ने, मासु काट्ने हतियार स्टेनलेस स्टिलको व्यवस्थापन गर्ने आदि कृयाकलापमा रु १ लाखसम्म अनुदान दिइने पालिकाले जनाएको छ । इच्छुक दर्तावाल मासु व्यवसायिलाई वैशाख २५ गतेसम्म आवश्यक कागजात सहित कार्यक्रममा सहभागिता जनाउन गाउँपालिकाले अनुरोध गरेको छ। 

बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

हुम्लाको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । पालिकाका बिरामीलाई जिल्ला अस्पतालसम्म पु¥याउन निःशुल्क सेवा प्रदान गर्न उक्त एम्बुलेन्स गाउँपालिकाले हाल तयारी अवस्थामा राखेको छ । 

एम्बुलेन्स नहुँदा बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए। 

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरू व्यक्तीले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न गाउँपालिकाले निर्देशन दिएको छ। 

सामुदायिक विद्यालयलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिए । उनले आफ्ना बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना गरेको बताए ।