close

सहिदको सम्झनामा उद्यान निर्माण, राप्ती गाउँपालिकामा सडक नाटक प्रदर्शनी(भिडियाेसहित)

सहिदको सम्झनामा उद्यान निर्माण, राप्ती गाउँपालिकामा सडक नाटक प्रदर्शनी(भिडियाेसहित)

Trulli
ADVERTISEMENT

निर्धारित समय अगाबै काम सम्पन्न
जाजरकोटको  बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम ९कर्णाली पाइलट० अन्तर्गतका चार योजनालाई    गाउँपालिकाले निर्धारित समयभन्दा चाँडै सकाएको हो । 

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ । बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिए ।

 सहिदको सम्झनामा उद्यान निर्माण
बागलुङको काठेखोला गाउँपालिकाको धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । 

सहिद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।

 राप्ती गाउँपालिकामा सडक नाटक प्रदर्शनी
दाङको राप्ती गाउँपालिकाका सार्वजनिक स्थलमा जनचेतनामूलक सडक नाटक प्रदर्शनी सुरु भएको छ । गाउँपालिका र भाइब्रेसन मिडिया प्रालिको सहकार्यमा शनिबारदेखि नाटक सुरु भएको हो । 

नाटक पालिकाभित्रका विभिन्न स्थानमा सोमबारसम्म प्रदर्शनी हुने जनाइएको छ ।  पहिलो दिन राप्ती गाउँपालिका ५ सिसहनियाँ बजार, वडा नम्बर ७ मा रहेको सरस्वती आधारभूत विद्यालय छोटकी सिसहनियाँ र वडा नम्बर ६ को वडा कार्यालय भवन परिसरमा  नाटक प्रदर्शन भएको छ।
नाटकमा बाल विवाह, धुम्रपान, मद्यपान, लागु पदार्थ दुर्व्यसन विरुद्ध तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय वस्तु समेटिएको छ।

 सुध्रिएन सामुदायिक विद्यालयको शैक्षिक स्तर
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षा लिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका नगरपालिकाले वार्षिक परीक्षा लिएको हो । 

 यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५  आधारभूत तथा १२  माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ ।

 पशुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

गोरखाको  बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविर गरेको छ । शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए ।

 राप्तीमा कृषि एम्बुलेन्स सञ्चालन
दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषकहरूको  समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले तरकारी संकलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

पालिकाको वडा नम्बर ८ सिसहनियाँ नयाँबजारमा स्थापना भएको उक्त केन्द्रको शुक्रबार लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका छन्।

वडाध्यक्षको छाप र कलम गाउँपालिकासँग 
कालीकोटको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरुले वडाको छाप र रातो कलम नगरपालिकाका उपप्रमुखलाई  बुझाएका छन् ।  काम प्रभावकारी नभएको भन्दै उनीहरुले वडाको छाप उपप्रमुख तथा न्यायिक समितिका संयोजक गणेशबहादुर शाहीलाई बुझाएका हुन् । 

असार मसान्त आउनै लाग्दा नगरपालिकाको काम प्रभावकारी नभएको भन्दै ११ वटै वडाका अध्यक्षले छाप र रातो कलम उपप्रमुख शाहीलाई बुझाएको उनले बताए ।