close

जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा, फोहोरबाट मोहर कमाउँदै कुश्मा ( भिडियाेसहित)

जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा, फोहोरबाट मोहर कमाउँदै कुश्मा ( भिडियाेसहित)

Trulli
ADVERTISEMENT

जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा भर्ना
तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेपछि अध्यक्ष चुमानले दुई सन्तानलाई भर्ना गराएका हुन् । 


गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको उनले बताए । उनीसंगै अन्य जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका छन् । 


नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान गरिने
 
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । 

आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए ।

फोहोरबाट मोहर कमाउँदै कुश्मा
पर्वतको  कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ । मुलुकभरका स्थानीय तहलाई फोहोर व्यवस्थापनको समस्या भईरहँदा कुश्माले फोहोरबाट आम्दानीसमेत गर्दै आएको छ । 
 
बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो ।

सामुदायिक विद्यालयमा भर्ना गर्न भानुको अपिल
तनहुँको भानु नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतलाई छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सो अपिल गरेको हो ।

नगरपालिकामा कार्यरत सरकारी कर्मचारी, जनप्रतिनिधि, विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए।
 

विद्यालयका तह समायोजन गर्दै पाटन नगरपालिका
बैतडीको पाटन नगरपालिकाले भौगोलिकरुपमा  टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका  ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।

सियारीका २५० घरधुरीलाई  जग्गा पुर्जा वितरण

रुपन्देहीको  सियारी गाउँपालिकाले गाउँ व्यलक अन्तर्गतका २ सय ५० घर धुरीलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले लालपुर्जा वितरण गरेको हो । 

गाउँपािलकाको  वडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा वितरण गरिएको  गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए।  उनका अनुसार ५ गाउँ व्लकको २५० जग्गा धनीपुर्जा वितरण गरिएको हो। उनले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताए ।