close

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, हुम्लाको ताँजकोटमा आँखा शिविर

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, हुम्लाको ताँजकोटमा आँखा शिविर

Trulli
ADVERTISEMENT

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत  सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ ९ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल०को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिकलाभ गराई राज्यलाई हानी–नोक्सानी पु¥याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारद्वारा जारी आरोपपत्रमा उल्लेख छ ।

हुम्लाको ताँजकोटमा आँखा शिविर

हुम्लाका  ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । 

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि सम्झौता

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड ९निफ्रा० काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी अनुसार पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त रूपमा गरिनेछन् ।

छत्रकोटमा करार सेवामा कर्मचारी माग

गुल्मीको छत्रकोट गाउँपालिकाले करार सेवामा ३ जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पशु चिकित्सक छैठौं तहमा १ जना र नायब प्राविधिक सहायक ९कृषि० चौथो तहमा २ जना कर्मचारी माग गरेको हो । 

योग्य व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने छन्। आवेदकहरुबीच मौखिक तथा लिखित परीक्षा गराई योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ। 

पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण

भोजपुरको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । 

गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा २६ थान प्लाष्टिक टनेल, ६० थान इलेक्ट्रिक स्पेरियर र दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको हो। 

बैशाख ३ गते झापामा स्थानीय पर्व विदा

झापाको झापा गाउँपालिकाले बैशाख ३ गते स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय आदिवासी समुदायहरुले मनाउने सिरुवा पर्व परेको हुँदा सो दिन स्थानीय पर्व विदा दिएको हो । सो दिन गाउँपालिका अन्तर्गतको वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था बन्द रहने  छ । 

काठमाडौंको हितमा काम गर्ने नभए सिंहदरबार अन्तै सार्नु

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ९बालेन०ले  काठमाडौंको हितमा काम नगर्ने भए सिंहदारबारलाई अन्यत्र सार्नु भनेका छन् । महानगरपालिकाका नगरप्रमुख शाहले बिहिबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सिंहदरबारलाई अन्यत्र सार्न भनेका हुन्। 

उनले सिंहदरबार वा राजधानी अरु क्षेत्रमा सारेपनि काठमाडौं बासीलाई कुनै आपत्ति नहुने बताएका छन् । नगरप्रमुख शाहले काठमाडौंबासीलाई राजनीतिभन्दा पनि सम्पदा, संस्कृत, कला र सभ्यता आवश्यक रहेको बताएका छन् ।