close

प्रदेश लोकसेवा आयोगको बैकल्पिक उम्मेदवारलाई करार सेवामा माग, पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

प्रदेश लोकसेवा आयोगको बैकल्पिक उम्मेदवारलाई करार सेवामा माग, पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

Trulli
ADVERTISEMENT

छत्रकोटद्वारा क्रिकेटर अर्जुन कुमाल सम्मानित

गुल्मीको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका कुमाललाई गाउँपालिकालले ५० हजारसहित नगदसहित आइतबार सम्मान गरेको हो ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

बकैयामा उन्नत जातको धानको विउ माग गर्न अनुरोध

मकवानपुरको बकैया गाउँपालिकाले उन्नत जातको धानको विउ माग गर्न अनुरोध गरेको छ । सोमबार एक सुचना जारी गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार उन्नत जातको धानको विउमा ५० प्रतिशत अनुदान दिन लागेको जनाएको छ। 

कृषक, कृषक समुह, कृषि सहकारी तथा फर्मलाई चाहिएको धानको विउको जात तथा परिणाम खुल्ने गरि माग पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । चैत्र २७ गते सम्ममा गाउँपालिकाको आर्थिक विकास शाखामा तोकिएको कागजात सहित निवेदन पेश गर्न सकिने सुचनामार्फत जनाइएको छ।

 प्रदेश लोकसेवा आयोगको बैकल्पिक उम्मेदवारलाई करार सेवामा माग

डडेलधुराको परशुराम नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाका सोमबार एक सुचना जारी गर्दै विकास निर्माणका कामका लागि सहायक पाँचौँ स्तरको सब इन्जिनियरलाई करार सेवामा माग गरेको हो।

सुदुर पश्चिम र कर्णली प्रदेशको प्रदेश लोक सेवा आयोगको परिक्षामा अस्थायी तथा बैकल्पिक योग्यताक्रममा परेका सब इन्जिनियहरुलाई सात दिनभित्र आवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ। 

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन्। जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए।

उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण  मानवीय  नै रहेको छ  । 

भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर

चितवनको भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो ।

शिविरमा चार सय १०  पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन साह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव साह, सपना यादवको टोलीले पशुहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारका पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह गरेको छ । बजार अनुगमन गर्दा अधिकांश पसलमा मुल्यसूची नराखेको पाइएपछी उपमहानगरले यस्तो आग्रह गरेको हो। 

पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको उपमहानगर उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन्। उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ ।

मेलमिलापकर्तामा सूचीकृत हुन सुनछहारीको अनुरोध

रोल्पाको सुनछहारी गाउँपालिकाले मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार मेलमिलापसम्बन्धि आधारभूत तालिम लिएका व्यक्तिहरु सूचीकृत हुन पाउनेछन् । सूचना प्रकासित गरेको १५ दिनभित्र योग्यता प्राप्त व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।