close

भीमदत्तले ऐरी र सार्कीलाई सम्मान गर्ने, गुरुयोजना बनाउँदै अजिरकोट (भिडियाेसहित)

भीमदत्तले ऐरी र सार्कीलाई सम्मान गर्ने, गुरुयोजना बनाउँदै अजिरकोट (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

भीमदत्तले ऐरी र सार्कीलाई सम्मान गर्ने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद  उपलब्ध गराउने भएको छ ।पालिकाका स्थायी बासिन्दा तथा क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । 

हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईलाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । 

 ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ ।

नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको हाजिरिजवाफले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ ।

शंखरापुरमा युवा स्वरोजगार कार्यक्रम

काठमाडौंको शंखरापुर नगरपालिकाले युवा लक्षित तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप युवाहरुलाई स्वरोजगार तालिम सञ्चालन गर्न लागेको जनाएको छ । 

नगरपालिकाको अनुसार सहायक आलुमिनम फाव्रिकेटर र लाइट भेहिकल मेकानिक्स तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सहभागी हुन चाहने व्यक्तिले चैत्र १४ गतेभित्र आवेदन दिन सक्ने छन् । तालिम ६५ दिन सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

गुरुयोजना बनाउँदै अजिरकोट 

गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । 

पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउन गुरुयोजना निमांण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको उनले बताए। 

 मिट मार्ट स्थापना गर्दै तारकेश्वर

काठमाडौंको तारकेश्वर नगरपालिकाले मिट मार्ट स्थापनाका लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव माग गरेको हो । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत लागत साझेदारीमा पालिकाले मिट मार्ट स्थापना गर्न लागेको हो । 

मार्ट स्थापना गर्न चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

लुङ्ग्रीमा मनोविमर्श तालिम सञ्चालन हुने

रोल्पाको लुङ्ग्री गाउँपालिकाले मनोविमर्श तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको समन्व तथा स्ट्रोम फाउण्डेशन र हुरेक नेपालको साँझेदारीमा सञ्चालित ‘दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण ९सिड्स०’ कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गर्न लागेको हो। 

मनोसामाजिक मनोविमर्शमर्तालाई ६ महिने आवासीय तथा फिल्ड स्थानान्तरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाले फागुन २५ मा एक सुचना जारी गर्दै जनाएको थियो। तर कुनैपनि आवेदन नआएकाले गाउँपालिकाले आइतबार पुन सुचना जारि गरेको छ । तालिममा सहभागिता जनाउन इच्छुक योग्य महिलालाई दोस्रोपटक सुचना प्रकासन भएको तीन दिनभित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

धानको विउ माग गर्न शिवसताक्षीको अनुरोध

झापाको शिवसताक्षी नगरपालिकाले धानको विउ माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको स्विकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कृषकलाई उन्नत जातको धानको बिउ वितरण गर्ने भएकाले माग गर्न अनुरोध गरेको हो।

कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समुह तथा कृषि सहकारीले चैत २६ गतेभित्र कृषि विकास शाखामा आवश्यक कागजातसहित उन्नत बिउको माग गर्न गर्न नगरपालिकाले अनुरोध गरेको छ।