close

प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति, सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै सूर्योदय (भिडियाेसहित)

प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति, सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै सूर्योदय (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८०मा   प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । 

नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले हरेक वडाका दुईदुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए ।

विद्यालयको निरिक्षण गर्न हल्दीबारीमा सीसीटीभी क्यामेरा एप्स

झापाको हल्दिबारी गाउँपालिकाले  सामुदायिक विद्यालयको लागि सीसीटीभी क्यामेरा एप्स लन्च गरेको छ । विद्यालयमा हुने गरेको गतिविधिबारे घरबाटै  निरिक्षण गर्नको लागि गाउँपालिकाले सो एप्स लन्च गरेको हो । 

पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा भएको शैक्षिक गतिबिधिहरु एप्समार्फत अविभावकहरूले चाहेको समयमा हेर्न सकिने गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए। शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा विद्यालय र अविभावकहरूलाई अझै नजिक ल्याउने उद्देश्यले एप्स संचालनमा ल्याइएको उनले बताए । 

बाग्लुङमा करार सेवामा कर्मचारी माग

बाग्लुङको बाग्लुङ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नायब पशु स्वास्थ्य प्राविधिक पदमा एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आगामी आइतबारसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

वडाध्यक्षद्वारा दुई करोडको जग्गादान

सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेका छन् । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन्। 

वडाध्यक्ष साहले  सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए। आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको र भवन निर्माणमा समेत सहयोग गर्ने वडाध्यक्ष साहको भनाई छ।

सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै सूर्योदय

इलामको सूर्योदय नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा नगरपालिकाबाट भएका सेवा प्रवाहको सार्वजनिक सुनुवाइ हुन लागेको हो। 

यहि फागुन २६ गते शुक्रबार नगरपालिका भवनमा बिहान १०ः३० देखि सार्वजनिक सुनुवाई गर्ने जनाइएको छ ।नगरका क्रियाशिल उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनैतिक दल तथा सरोकारवाला व्यक्तिलाई कार्यक्रममा उपस्थित हुन पालिकाले एक सुचना जारी गर्दै अनुरोध गरको छ। 

सिञ्जामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन्। नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र सनिगाउँ स्वास्थ्यचौकीमा एक सय ५० जना शिविरबाट लाभान्वित भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको हो। जसमध्ये ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको र चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको थियो।

दोगडा केदारमा करार सेवामा ९ जना कर्मचारी माग

बैतडीको दोगडा केदार गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाले अनमी चौथों तहमा ५ जना, अहेव चौथों तहमा ३ जना र ल्याब असिस्टेन्ट तहमा एक जना गरी ९ जना कर्मचारी माग गरेको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।