close

पर्यटकको गन्तव्य बन्दै संसारी सिमसार (भिडियाेसहित)

पर्यटकको गन्तव्य बन्दै संसारी सिमसार (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

धनकुटा । कुनै बेला पोखरीको रुपमा रहेको पाख्रीबास स्थित संसारी सिमसार क्षेत्र अहिले भने पर्यटकहरुको प्रमुख गन्तव्य स्थल वा रोजाईमा पर्न थालेको छ। पछिल्लो समय यहाँ बनभोजका लागी आउने  आन्तरीक तथा बाह्य पर्यटकहरुको उपस्थिति बाक्लो देखिने गरेको छ।

पाख्रिबास नगरपालिका वडा नं. ४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकहरुको रोजाईमा पर्न थालेको छ। वि.स. २०६९ सालदेखि सुरुभएको यस सिमसार क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। सिमसारमा पर्यटकहरु बनभोजका र मनोरञ्जनका लागि आउने गरेका हुन्। सिमसारको व्यवस्थापन पक्षदेखि सम्पूर्ण पक्ष राम्रो रहेको सरस्वती माविबाट आएका शिक्षक शैलेन्द्र नेपालले बताउनुभयो।

प्राकृतिक रुपमा रहेको संसारी सिमसार शैक्षिक अवलोकनका लागि उपयुक्त रहेको छ। सिमसार पर्यटकहरुका राम्रो र घुम्न लायक स्थान बनेको छ। सामाजिक संजाल मार्फत देखेर आएको र त्यहाँ देखेको भन्दा राम्रो रहेको सुनसरीको इनरुवाबाट आएकी रमिला प्रधानले बताउनुभयो। 

संसारीमा २ वटा ताल, चिया बगान, बुद्धको मुर्ति, चिडियाखाना र तालमा बोटिङको समेत व्यवस्था रहेको छ। सिमसारमा घुम्नका लागि प्रदेश १ सहित राजधानी र छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरु आउने गरेको सिमसार क्षेत्रका कर्मचारी फत्तबहादुर बस्नेतले बताउनुभयो।

मुलुकमा रहेका धेरै यस्ता प्राकृतिक स्थल प्रचारप्रसारको कमिले ओझेलमा परेका छन्। तर, संसारी सिमसारमा पर्यटकहरुको चहलपहल बढ्दो रहेको छ।